काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ताप्लेजुङमा आफूमाथि भएको नाराबाजीप्रति प्रतिक्रिया दिँदै त्यसबाट आफू दुखी नभएको बताएका छन्।

भट्टराई कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी भई गृह जिल्ला ताप्लेजुङ फर्किँदै गर्दा केही व्यक्तिहरूले उनको विरोधमा नाराबाजी गरेका थिए। त्यसपछि, भट्टराईको सुरक्षाको लागी उनलाई सुरक्षाकर्मीले सौचालयमा चुकुल लगाएर राखेका थिए

advertisement

उनले यसबारे प्रतिक्रिया दिँदै भने,। “कार्यक्रम सकेर फर्किंदै गर्दा दुई–चार जनाले मलाई लक्षित गर्दै नारा लगाएछन्। त्यो नेपाली जनताको लामो संघर्षपछि स्थापित लोकतान्त्रिक अधिकारको अभ्यास हो। त्यसबाट मलाई कुनै पनि पीडा भएको छैन।”

उनको भनाइमा, विरोध र समर्थन व्यक्त गर्ने अभ्यास सभ्यताको सीमाभित्र रहनुपर्छ।

नाराबाजी गर्ने समूह ‘नो केबलकार’ अभियानसँग आबद्ध रहेको जनाइएको छ। यसप्रति भट्टराईले भने, “जो जसले जे जानेको छ, वा जसलाई जे गर्न लगाइएको छ, त्यही गर्दै छन्। तर म आग्रह गर्छु — विवेकका आधारमा निर्णय गरौँ, प्रायोजित स्वार्थको औजार नबनौँ, सामाजिक सद्भाव र एकतालाई नबिगारौँ।”

उनले समृद्धि र सामाजिक सहकार्यका लागि सकारात्मक सोच राख्न सबैलाई आग्रह गरेका छन्।

 

प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com