काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको छ। पार्टीले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई दिउँसो १२ बजे काठमाडौंको बिजुलीबजार पुलमा भेला हुन आह्वान गरेको छ।

advertisement

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा शान्तिपूर्ण तर दृढ प्रदर्शन गर्ने योजना बनाएको छ। लिङ्देन स्वयं प्रदर्शनकारीको अगुवाइ गर्दै निषेधित क्षेत्रतर्फ अघि बढ्ने तयारीमा छन्।

प्रदर्शनलाई थप प्रभावकारी बनाउन पार्टीले आइतबार बिहान रणनीतिक छलफलका लागि नेताहरूलाई धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाएको छ। पार्टीका एक नेताका अनुसार, सो बैठकमा आन्दोलनको नेतृत्व सम्हाल्ने तीन जना कमाण्डर पनि तोकिने सम्भावना छ।

राप्रपाका नेतृत्व तहका केही नेताहरूले निषेधित क्षेत्र तोडेर बानेश्वरसम्म पुग्ने रणनीति बनाएको बताएका छन्।

प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com