काठमाडौं — संबैधानिक निकायमा गरिएको ५२ वटा नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ लगातार जारी छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ भैरहेको हो ।  इजलासमा न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी सहभागी छन्।

advertisement

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेका १५ वटा रिट निवेदनमा माघ महिनादेखि मात्र नियमित सुनुवाइ सुरु भएको हो।
यो मुद्दालाई विशेष प्राथमिकता दिइएको छ, जसअनुसार सामान्यतया बुधबार र शुक्रबार मात्र बस्ने पूर्ण इजलास विशेष पहलका साथ नियमित रुपमा सुनुवाइ गरिरहेको छ।

गत बुधबार यो मुद्दामा चौथो दिन सुनुवाइ सम्पन्न भएको थियो।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com