काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जबरजस्ती थुनेर राखिएको बताएका छन्।
शाहीले भने, “हामीलाई सिंहदरबारको संसदीय दलको कार्यालयमै प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालयको अगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। डिएसपीको नेतृत्वमा सुरक्षा घेरा बनाई हामीलाई बाहिर जान नदिइएको अवस्था छ।”
राप्रपाले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै आज राजधानीमा प्रदर्शन गरिरहेको छ।
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार













प्रतिक्रिया