काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आव्हानमा आइतबार राजधानी काठमाडौंमा गरिएको विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, राजसंस्थाको पुनर्स्थापना, संघीय शासन प्रणालीको खारेज र भ्रष्टाचारविरुद्ध आवाज उठाउन यो प्रदर्शन गरिएको हो। बिहानैदेखि राप्रपाका नेता तथा कार्यकर्ताहरू बिजुली बजारमा भेला भई नाराबाजीसहित जुलुसमा सहभागी भएका थिए ।  उनीहरू त्यहाँबाट मार्च गर्दै नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रसम्म पुगेका थिए ।

advertisement

तर, निषेधित क्षेत्र भने तोडेनन् , त्यसैबीच, सिंहदरबारभित्र रहेको संसदीय दलको कार्यालयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरूले छुट्टै रूपमा प्रदर्शन गरे ।    पर्चा देखाउँदै विरोध जनाएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये अध्यक्ष लिङ्देनसँगै उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही समेत रहेका छन् ।  प्रदर्शन सम्पन्न भएपछि पार्टीले आकस्मिक बैठक डाकेर आन्दोलनपछिको रणनीति तय गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com