काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आव्हानमा आइतबार राजधानी काठमाडौंमा गरिएको विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, राजसंस्थाको पुनर्स्थापना, संघीय शासन प्रणालीको खारेज र भ्रष्टाचारविरुद्ध आवाज उठाउन यो प्रदर्शन गरिएको हो। बिहानैदेखि राप्रपाका नेता तथा कार्यकर्ताहरू बिजुली बजारमा भेला भई नाराबाजीसहित जुलुसमा सहभागी भएका थिए । उनीहरू त्यहाँबाट मार्च गर्दै नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रसम्म पुगेका थिए ।
तर, निषेधित क्षेत्र भने तोडेनन् , त्यसैबीच, सिंहदरबारभित्र रहेको संसदीय दलको कार्यालयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरूले छुट्टै रूपमा प्रदर्शन गरे । पर्चा देखाउँदै विरोध जनाएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये अध्यक्ष लिङ्देनसँगै उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही समेत रहेका छन् । प्रदर्शन सम्पन्न भएपछि पार्टीले आकस्मिक बैठक डाकेर आन्दोलनपछिको रणनीति तय गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार













प्रतिक्रिया