झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र पुनःस्थापनाको सपना देखिरहेका राजावादीहरूलाई सपना नदेख्न चेतावनी दिएका छन्। आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै सिटौलाले राजावादीहरू अहिले अस्थिर र छटपटिएको व्यवहार देखाइरहेको बताए।

“पानीको माछालाई बालुवामा राख्दा जसरी छटपटाउँछ, त्यसैगरी अहिले राजावादीहरूको अवस्था देखिन्छ,” उनले भने, “यो संविधानको सीमाभित्र राजा फर्किन्छ भन्ने भ्रम पाल्न पनि हुँदैन। छटपटाएर आफ्नै विनाश निम्त्याउने काम नगर्नुस्।”

advertisement

सिटौलाले राजावादीहरूलाई वर्तमान लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरी जनताको हक, अधिकार र प्रगतिमा केन्द्रित हुन सुझाव दिए। उनले प्रष्टसँग भने, “गणतन्त्रकै संरचनाभित्र बसेर देशको विकास र जनताको हितका लागि सोच्नुस्, फेरी इतिहासको उल्टो पाना कोर्न खोज्नु घातक हुन्छ।”

पूर्वराजा ज्ञानेन्द्रप्रति संकेत गर्दै सिटौलाले उनलाई पनि अरूको उक्साहटमा नपर्न चेतावनी दिए। “उक्साउनेहरूको पछि लाग्नुहुँदैन, ती मानिसहरूले तपाईंलाई खाडलमा धकेल्ने छन्,” उनले भने। साथै, ‘पुनः राजा बन्छु’ भन्ने कल्पनामा रमाउनुभएन भनेर सिटौलाले पूर्वराजालाई सशक्त सन्देश दिए।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com