काठमाडौँ— काठमाडौँको शङ्खरापुर नगरपालिका–९, सानागाउँमा खुकुरी प्रहार गरी एक महिलाको निर्मम हत्या गरिएको छ।

सिन्धुली स्थायी घर भई हाल सानागाउँमा डेरामा बस्दै आएकी ३५ वर्षीया पुतली तामाङको हत्या गरिएको हो। प्रहरीका अनुसार पुतली तामाङको हत्या उनका श्रीमान् पदमबहादुर तामाङले गरेको आशङ्का गरिएको छ। पदमबहादुर तामाङ रामेछापको खाँडादेवी गाउँपालिका–७ निवासी हुन्।

advertisement

गएराति करिब ९:३० बजे घटनापछि ५८ वर्षीय पदमबहादुर फरार भएका छन्। हत्या भएको बेलामा घरमै रहेका दम्पतीका ११ वर्षीय छोरा र १० वर्षीया छोरी समेत घाइते अवस्थामा फेला परेका छन्। उनीहरूलाई तत्काल उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

मृतक पुतली तामाङको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ। हाल फरार रहेका पदमबहादुरको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com