काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सरकारले देखाएको लापरवाहीका कारण देशको शिक्षा प्रणाली अराजक बनेको टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेकी छन्,
“समितिमा विधेयकहरू अलपत्र छन्, सडकमा शिक्षकहरू अन्योलमा छन्। कक्षा १२ को परीक्षा समयमै हुन्छ कि हुँदैन भन्ने अनिश्चित छ। एसईईको नतिजा कहिले आउँछ भन्ने थाहा छैन। विद्यालयमा न त शिक्षक छन्, न त कक्षामा विद्यार्थी।”
डाँगीले रास्वपाले विगतमा दुईपटक शिक्षा मन्त्रालय सम्हालेको बेलामा नयाँ शैक्षिक सत्र सुरु हुनु अघि नै सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन पहल गरिएको स्मरण गराएकी छन् । तर अहिलेको दुईतिहाइको बलियो भनिएको सरकारले नयाँ शैक्षिक सत्रसमेत व्यवस्थित रूपमा सुरु गर्न नसकेको उनको आरोप छ ।
उनले भनेकी छन् – “दुईतिहाइको सरकारको अक्षमता र उदासीनताका कारण आज शिक्षा प्रणाली अराजक बनेको छ। यसपटक सरकारले असक्षम र गैरजिम्मेवार भएको स्पष्ट देखिएको छ।”

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार













प्रतिक्रिया