काठमाडौं । सुनको मूल्यले फेरि नयाँ  रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्दै कीर्तिमानी उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ । यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो ।
यसअघि गत वैशाख ४ गते सुनको भाउ हालसम्मकै उच्च कायम थियो । उक्त दिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९० हजार ६ सय पुगेको थियो ।
आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

advertisement

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com