कालिकोट — कालिकोट जिल्लाको पलाँता गाउँपालिका–९ थिपुबाट वडा नम्बर ४ तर्फ खाद्यान्न तथा खुद्रा सामग्री बोकेर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार दुर्घटना गएराति पलाँता–२ स्थित बुडाडाँडा नजिकै भएको हो ।

advertisement

मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय ट्याक्टर चालक चन्द्र रोकाया, कालिकोट पलाँता गाउँपालिका–४ का २१ वर्षीय रविन्द्र विक, ३२ वर्षीय सदु बुढा र पलाँता–५ सल्लीकोटकी अन्दाजी २५/२६ वर्षीय अम्बा शाही रहेका छन् ।  सबैको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए।

दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थिपुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो । घटनास्थल अप्ठ्यारो भिर भएकोले ट्याक्टरसम्म पुग्न कठिनाइ भएको र हालसम्म ट्याक्टरको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com