काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ सांसद रघुजी पन्तले संसदीय समितिहरूका बैठकमा पत्रकारहरूको उपस्थिति रोक्नुपर्ने सुझाव दिएका छन्। सोमबार सिंहदरबारमा बसेको “संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८०” का सन्दर्भमा गठित उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद पन्तले पत्रकारहरूको कारण असत्य सूचना बाहिरिने सम्भावना रहेको बताए। सोही कारणले गर्दा सरकारी कर्मचारीहरू समितिमा खुलस्त रूपमा बोल्न हिचकिचाउने अवस्था आएको उनको भनाइ थियो ।
पन्तले अन्तर्राष्ट्रिय अभ्यासलाई उदाहरण दिँदै समितिका छलफलहरू गोप्य राखी अन्तिम प्रतिवेदन मात्र सार्वजनिक गर्नुपर्ने धारणा राखे। उनले भ्रष्टाचारमा लिप्त व्यक्तिहरूलाई जोगाउने कुनै नियत नरहेको स्पष्ट पार्दै, फौजदारी प्रकृतिका विषयमा निर्णय गर्दा गम्भीरतापूर्वक कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार













प्रतिक्रिया