काठमाडौं — नेकपा एमालेका पूर्व नेता तथा मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको लापरवाहीका कारण शिक्षकहरू विद्यालय फर्किन नसकेको आरोप लगाएका हुन ।
शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू २०८१ सालको चैत २० गतेदेखि एकसूत्रीय मागसहित निरन्तर आन्दोलनमा छन्। शिक्षा ऐन संशोधनको माग राख्दै आन्दोलनरत शिक्षकहरूले सरकारसँग केही चरण वार्ता गरे पनि आन्दोलन भने नछोडेका कारण शिक्षण कार्य प्रभावित भइरहेको छ।
यही सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै रावलले सरकारको अक्षमता र प्रधानमन्त्री ओलीको गैरजिम्मेवारीपनप्रति कडा टिप्पणी गरेका छन्।
उनले लेखेका छन ।
नेपालको सामुदायिक सार्वजनिक शिक्षा प्रणाली पहिलेदेखि नै कमजोर छ । विद्यार्थीहरू विदेशी शिक्षातर्फ वा निजी विद्यालयमा आकर्षित भइरहेका छन्। यस्तो अवस्थामा उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना र कक्षा १२ को परीक्षा सञ्चालन गर्ने समयमै शिक्षकहरू आन्दोलनमा छन् । आन्दोलन सुरु भएको २० दिन भइसक्दा पनि सरकारले शिक्षकहरूलाई फर्काउने कुनै प्रभावकारी उपाय अवलम्बन गर्न सकेको छैन
रावलले थप लेखेका छन ,
गठबन्धन सरकार, विशेषतः प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारको यो चरम अयोग्यता हो । लाखौं विद्यार्थी र आम जनताप्रति देखिएको यस्तो बेवास्तापूर्ण र गैरजिम्मेवार व्यवहार नै सुशासन हो त ,
प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार













प्रतिक्रिया