काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा दिइरहेकी एक नक्कली परीक्षार्थी महिलालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ की १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेकी छन्। उनी पोखरा महानगरपालिका–७ स्थित पार्दीको लोक सेवा आयोगको परीक्षा केन्द्रमा अर्कैको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नै फोटो टाँसी परीक्षा दिइरहेकी अवस्थामा नियन्त्रणमा लिइएको हो।

advertisement

प्रहरीका अनुसार, उनले अर्की परीक्षार्थीको सट्टामा परीक्षा दिने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसै आधारमा उनलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट शिक्षा ऐन अन्तर्गतको कसुरमा सात दिनको म्याद लिएर थप अनुसन्धान थालिएको छ।

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com