काठमाडौँ । एमाले नेता महेश बस्नेतले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुलाई उनकै कमजोरीको रूपमा चित्रण गरेका छन् ।

राजीनामा लगत्तै फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

advertisement

आन्दोलन नटुंगिनु, शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु उनकै कमजोरीको संकेत भएको बस्नेतको भनाइ छ । मन्त्री भएको बेलादेखि नै भट्टराईको कार्यसम्पादनमा कमजोरी रहेको दाबी पनि उनले गरेका छन् ।

बस्नेत लेख्छन्,- ‘मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेकै थियो। अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ।’

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com