काठमाडौं — नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा निहुँ बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नियोजित रूपमा आक्रमण गरिएको आरोप लगाएका छन्।
रिजालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शिक्षामन्त्री भट्टराईले स्वास्थ्यका कारणले राजीनामा दिएको उल्लेख गर्दै त्यसैलाई बहाना बनाएर प्रधानमन्त्रीमाथि लक्षित आक्रमण हुनु दुर्भाग्यपूर्ण र योजनाबद्ध रहेको बताएका छन्।
उनले लेखेका छन्, “शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिनुभएको हो भन्ने भनाइ छ । जे कारण भए पनि उहाँले पदमा रहन चाहनुभएन । तर, यही बाहानामा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नियोजित आक्रमण गर्नु अस्वीकार्य छ । “
रिजालले समस्याका बीचमा पद छाडेकी मन्त्रीलाई आदर्शको रूपमा चित्रित गर्दै उनलाई मन्त्री बनाउने व्यक्तिलाई नकारात्मक रूपमा चित्रण गर्नु अनुचित भएको उल्लेख गर्दै भनेका छन्, “समस्याका घेरामा रहेर पदबाट अलग हुनुभएकी मन्त्रीको देवत्वकरण गर्दै, सबै मिलाएर समाधान खोज्ने प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक हो ।”
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया