नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु भएको छ ।
स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया