काठमाडौं  नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएका छन्।

गभर्नर छनोट प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै भट्टराईले समितिबाट अलग हुने निर्णय गरेका हुन्। सरकारद्वारा गठित तीन सदस्यीय सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेका छन् भने सदस्यमा डा. विश्वनाथ पौडेल र विजयनाथ भट्टराई थिए।

advertisement

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार भट्टराई गभर्नर छनोट प्रक्रियामा समावेश हुन नपाएको र समितिको बैठकहरूमा उपस्थित हुन नसकेको कारण देखाउँदै समितिमा बस्न असहज महसुस भएको उल्लेख गर्दै राजीनामा दिएका हुन्।

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com