काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा १२ को परीक्षा केही समयका लागि सार्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले प्रधानमन्त्री ओलीसँग भेट गरेपछि परीक्षा सार्न निर्देशन आएको हो।

advertisement

यसअघि बोर्डले बैशाख ११ गते (पर्सि) देखि परीक्षा सुरु गर्ने तयारी गरिरहेको थियो। सम्पूर्ण तयारी पूरा गर्दै, आवश्यक सबै संयन्त्र प्रयोग गरेर पनि परीक्षा समयमै लिने पक्षमा बोर्ड सक्रिय थियो। तर पछिल्ला दिनमा उत्पन्न परिस्थितिलाई गम्भीर रूपमा लिँदै प्रधानमन्त्री ओलीले परीक्षा केही दिन पछाडि सार्न उपयुक्त हुने बताएका हुन्।

प्रधानमन्त्रीको निर्देशनअनुसार बोर्डको बैठक बस्ने तयारी भइरहेको छ र छिट्टै परीक्षा सार्नेबारे औपचारिक सूचना सार्वजनिक गरिने बोर्डले जनाएको छ।

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com