काठमाडौं– भारतको जम्मूकाश्मिरमा २८ जनाको ज्यान जानेगरी भएको आतंकवादी  हमलाको नेपालले निन्दा गरेको छ।

प्रारम्भिक प्रतिक्रिया सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्समार्फत आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहेको उल्लेख गरेका छन्।

advertisement

मंगलबार जम्मुकश्मिरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरी आतंकवादी हत्या आक्रमणमा २८ जना मारिएका थिए भने नेपाली नागरिक समेतको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

 

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com