काठमाडौं — सर्लाही जिल्लाको दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४ की जमुनी बललाई यही वैशाख ४ गते बिहानै सुत्केरी व्यथा सुरु भयो । परिवारका सदस्यहरूले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गरेपछि अस्पतालले तुरुन्तै एम्बुलेन्स पठायो। उनलाई अस्पताल ल्याइयो र सोही दिन उनले एक स्वस्थ शिशुको जन्म दिइन् । अर्को दिन अस्पतालका स्वास्थ्यकर्मीको साथमा उनलाई एम्बुलेन्समार्फत सुरक्षित रूपमा घर पुर्‍याइयो ।

लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार अस्पतालले गर्भवती तथा नवप्रसूता महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ। हालसम्म १३ जनाले यो सेवा लिइसकेका छन् । मातृ तथा नवजात शिशु मृत्यु दर घटाउने उद्देश्यले अस्पताल र नगरपालिकाको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याइएको हो।

advertisement

नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै वडाका गर्भवती महिलाहरूलाई सुत्केरीका लागि अस्पताल आउँदा र अस्पतालबाट घर फर्किँदा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। यसका लागि नगरपालिकाले २० लाख १० हजार रुपैयाँ खर्चेर एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको हो ।

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com