काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले आफ्नो वैधानिक हैसियत गुमाइसकेको भन्दै सत्तामा बसिरहने कुनै नैतिक आधार नरहेको ठहर गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाले सरकार प्राविधिक रूपमा मात्र टिकेको भए पनि वैधानिक र नैतिक रूपमा पूर्णरूपमा असफल भइसकेको दाबी गरे।

advertisement

‘सरकार अहिले पनि प्राविधिक रूपमा त कायमै छ,’ सापकोटाले भने, ‘तर यसले वैधानिक वैधता गुमाइसकेको छ। यस्तो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन।’

उनले वर्तमान सत्ता गठबन्धनलाई पूर्ववत् रूपमा ‘अप्राकृतिक, अपारदर्शी र संवैधानिक मूल्य–मान्यता विपरीत’ को संज्ञा दिँदै यस्तो संरचनाबाट जनताको भलो हुने कुनै सम्भावना नरहेको बताए।

त्यस्तै, सरकार गठन भएको यति लामो समय बित्दासमेत जनहितमा उल्लेखनीय काम गर्न नसकेको आरोप पनि उनले लगाए।

 

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com