काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व क्षमतामाथि तीव्र प्रश्न उठाएकी छिन्। देशभर शिक्षकहरूको आन्दोलन जारी रहेको र सम्बन्धित मन्त्रालय समेत खाली रहेको संवेदनशील समयमा प्रधानमन्त्री बालुवाटारबाट एकल प्रदर्शनीजस्तै शैलीमा काम गरिरहेको आरोप लगाउँदै उनले गम्भीर आलोचना गरेकी हुन्।

“देशभरि आन्दोलन छ, मन्त्रालय खाली छ,” सांसद गौतमले भनिन्, “र, तपाईं एक्लै शो चलाउँदै हुनुहुन्छ। नेतृत्व हैन यो, असक्षमता हो।”

advertisement

शिक्षक आन्दोलन चुलिँदै गएको बेलामा प्रधानमन्त्रीले जनसहभागिता र संवादको सट्टा ‘ठाडो आदेश’ जारी गर्दै जनताको आवाज दबाउने प्रयास गरेको भन्दै उनले आक्रोश पोखिन्।

“अन्ततः प्रधानमन्त्रीको ठाडो आदेशमा कक्षा १२ को परीक्षा सारिएको छ। शिक्षक आन्दोलन चुलिएको छ,” उनले भनिन्, “मन्त्रीले राजीनामा दिनुपर्‍यो, अनि प्रधानमन्त्री चाहिँ बालुवाटारबाट ठाडो आदेश बर्साइरहनुभएको छ। विद्यार्थीको भविष्य बलिको बोका, शिक्षकको आवाज मुठ्ठीमा, अनि दुई ठूला दलको ‘कुशलता’ हेरेर जनताले ताली पिट्नुपर्ने होला, हैन?”

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com