काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको बारे सरकारको जानकारीमा नरहेको बताएका छन्।
आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामाबारे आफूलाई पनि जानकारी नभएको बताएका हुन् ।
उनले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन । प्रधानमन्त्रीको कार्यालयमा राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ । क्याबिनेटमा जानकारी हुन्छ । राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो । आजको दिनसम्म जानकारी छैन ।’
विद्या भट्टराई विगत एक महिनादेखि बिरामी रहेको भन्दै मन्त्री गुरुङले मन्त्रालयमा गएर काम गर्ने परिस्थिति नभएको हुनसक्ने बताए ।
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार













प्रतिक्रिया