काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदबाट हटाएका छन्।

तामाङको कार्यशैलीप्रति विभिन्न तहबाट असन्तुष्टि जनिएपछि गृहमन्त्री रमेश लेखकले उनलाई स्वेच्छिक राजीनामा दिन सुझाव दिएका थिए। तर, तामाङले राजीनामा दिन अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गर्ने निर्णय लिएका हुन्।

advertisement

नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका तामाङ नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको बचाउ गर्दै सार्वजनिक रूपमा वक्तव्य दिँदै आएका थिए। उनी पछिल्लो समय ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यसँग स्पष्टिकरण मागेको घटनाले पनि विवादमा आएका थिए।

सरकारी नीतिविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु र मन्त्रालयभित्रको समन्वय अभावका कारण अन्ततः उनलाई पदमुक्त गरिएको हो।

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com