काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मु–कश्मिरको पहलगाममा भएको जघन्य आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि आज विज्ञप्ति जारी गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त घटनाप्रति दुःख व्यक्त गरेको हो ।

advertisement

‘अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको राप्रपा अति निन्दा र भत्सर्ना गर्दछ,’ लिङ्देनले विज्ञप्तिमा भनेको छ, ‘केही समयअघि बंगलादेशका चर्चित हिन्दू व्यक्तित्व श्री भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्या भएको थियो। पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय हो ।’

जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्वीकार्य हुन नसक्ने राप्रपाले बताएको छ ।

‘राप्रपा यस्ता आतंकवादी गतिविधिको सदैव विपक्षमा छ, दुःखको यस घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com