काठमाडौं— नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारपाक जाने भएका छन्।

उनी शुक्रबार बारपाक जाने कार्यक्रम तय भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। बिहीबार माओवादी संसदीय दल कार्यालयमा भएको संसदीय दलको बैठकमा प्रचण्डले आफू शुक्रबार जाने कार्यक्रम तय भएको जानकारी गराएको पाण्डेले बताए ।

advertisement

०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्प गएको भोलि १० वर्ष पुग्छ। सोही दिन प्रचण्ड इपिसेन्टरमा जान लागेको प्रमुख सचेतक पाण्डेले बताए ।

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com