एजेन्सी ।  अमेरिकी खर्बपति व्यापारी एलन मस्कले नेतृत्व गरिरहेका ट्रम्प प्रशासनको सरकारी खर्च कटौती विभाग ‘डज’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसीलाई बन्द गर्ने भएको छ।

अमेरिकी सङ्घीय सरकारको खर्च कटौती गर्ने प्रयास अन्तर्गत डजले विकासशील देशहरूको आर्थिक वृद्धिदरलाई टेवा दिने यो सङ्घीय एजेन्सी पूरै बन्द गर्न लागेको हो । मङ्गलवार एजेन्सीका कर्मचारीहरूलाई कर्मचारी र कार्यक्रममा उल्लेख्य कमी आउने ब्यहोरासहितको इमेल पठाइएको थियो।

advertisement

डजका अधिकारी एमसीसीमा पुगेको एक हप्ता नबित्दै यो इमेल पठाइएको एक स्रोतले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । छिटोमा मे ५ सम्ममा कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्न सकिने स्रोतको भनाइ छ ।

कानुनतः नै एजेन्सीमा नेतृत्व चाहिने भएकोले कार्यकारी सीईओबाहेक सबै कर्मचारीलाई हटाउन लागिएको बताइएको छ । पछिल्लो समय डजले विदेशी सहायतामा व्यापक कटौती गरेको छ । यसअघि नै सरकारले अमेरिकी विदेश सहायता नियोग यूएसएड बन्द गर्ने प्रक्रिया थालिसकेको थियो ।

त्यसपछि शान्तिका लागि अमेरिकी संस्था र अफ्रिकी विकास फउन्डेशनलाई पनि बन्द गरियो । यीमध्ये कयौँ प्रयासले त कानुनी चुनौतीको सामना गरिरहेका छन् । एमसीसी २००४ मा कंग्रेसले स्थापना गरेको थियो ।

यसले सीमित अवधिका लागि नेपाल, युक्रेन, एल साल्भाडोर दर्जनौँ विकासशील देशलाई पूर्वाधार विकास र नीतिगत सुधारका लागि ऋण दिने गरेको छ । अमेरिकाले चीनको बेल्ट एन्ड रोड इनिशियटिभको प्रतिक्रियामा एमसीसी ल्याएको थियो ।

 

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com