काठमाडौं — लोकतन्त्र दिवसको अवसरमा नेकपा (एमाले)ले आयोजना गर्न लागेको ‘युथ सेलिब्रेसन’ कार्यक्रमका अधिकांश वक्ताहरू युवा नै रहने भएका छन्।
राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष रमेश तिवारीका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बाहेक अन्य सबै वक्ताहरू ४० वर्ष मुनिका युवा हुनेछन्। “युथ सेलिब्रेसन भएकाले मुख्य वक्ता पनि युवा नै हुनुहुन्छ,” तिवारीले जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, कपिलवस्तुको शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बाग्लुङ क्याम्पसका स्ववियू सभापति अश्विनी शेख, पृथ्वीनारायण क्याम्पसका स्ववियू सभापति विष्णु पोखरेल वक्ताका रूपमा सहभागी हुनेछन्।
त्यसैगरी, डा. आनन्द सिंह, ल क्याम्पसका विद्यार्थी प्रकाश सुनार र कोटेश्वर क्याम्पसकी स्ववियू सभापति शर्मिला भण्डारीले पनि कार्यक्रममा मन्तव्य राख्ने तय भएको छ ।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया