काठमाडौं— भारतको कश्मीरस्थित पहलगाममा मंगलबार भएको आतंकवादी हमलाको विरोधमा जनकपुरधामका हिन्दू अगुवाहरूले प्रदर्शन गरेका छन्।
उनीहरूले जानकी मन्दिर प्राङ्गणबाट र्याली निकालेर नगरका विभिन्न चोक–चोकमा नाराबाजी गर्दै आतंकवादको विरोध जनाए। र्यालीका क्रममा हमलामा संलग्न आतंककारी र उनीहरूको पृष्ठभूमिविरुद्ध आक्रोशपूर्ण नाराहरू लगाइएको थियो।
प्रदर्शनपछि उनीहरूले आतंककारीको प्रतीकस्वरूप पुत्ला दहन गरेका थिए। उनीहरूले कश्मीरमा भएको घटनालाई धार्मिक कट्टरताको चरम उदाहरण भन्दै हिन्दूहरूलाई एकजुट हुन आह्वान गरे।
प्रदर्शनकारीहरूको भनाइमा, “यो हमला विशेष धर्मसम्बद्ध आतंकवादीहरूको योजनाबद्ध कार्य हो,” भन्दै यस्ता गतिविधि तत्काल बन्द गरिनुपर्ने माग राखेका थिए।
उक्त आक्रमणमा एक नेपाली नागरिकको पनि मृत्यु भएको जनाइएको छ ।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया