काठमाडौं— नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बिहीबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो ४ बजे आयोजित समारोहमा उनलाई शपथ खुवाएका हुन्।  नेकपा (एमाले) का सांसद पन्तलाई बुधबार मन्त्री नियुक्त गरिएको थियो। यसअघि निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले यसै साता राजीनामा दिएकी थिइन्।

advertisement

शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका अधिकारीहरू, उच्चपदस्थ व्यक्तित्वहरू र सरकारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com