काठमाडौं—  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पूर्ण बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्याण्डबाट फर्केपछि भेटवार्ता गर्ने वाचा गरेको जानकारी गराएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रचण्डले देउवाले बैंकक जानुअघि आफूलाई फोन गरेर समग्र परिस्थितिबारे जानकारी गराएको बताएका छन्। “देउवाले थाइल्याण्ड जानुअघि ‘जाँदैछु’ भन्नुभयो, मैले शुभयात्रा भनें। उहाँले फर्किएपछि थप कुरा गरौंला भन्नुभयो, मैले ‘हुन्छ’ भनेको छु,” बैठकमा प्रचण्डलाई उद्धृत गर्दै एक सांसदले बताए।

advertisement

प्रचण्डका अनुसार, देउवाले सरकारको क्रियाकलापप्रति चिन्ता व्यक्त गरेका छन्। बैठकमा समग्र राजनीतिक अवस्था र सरकारको स्थायित्वबारे समेत छलफल भएको थियो।

प्रचण्डले सरकार आफ्नै कारणले लामो समय टिक्न नसक्ने संकेत गर्दै भने, “हामीले सरकारमा नजाने भनेका थियौं, तर ढाल्ने पक्षमा पनि छैनौं। जनताले पनि सरकारमा नजाउ भनेका छन्। तर, सरकारलाई यथावत् राख्दा झन् हानिकारक काम गर्दै जान्छ र व्यवस्थामाथि नै प्रश्न उठ्न थाल्छ।”

उनले थपे, “यदि हामी सरकार बाहिर हुँदा व्यवस्थालाई कमजोर बनाइन्छ भने सरकारमा नजाने भन्ने कुरा उपयुक्त हुँदैन। हामीले ‘सरकार तपाईं बनाउनुहोस्, हामी समर्थन गर्छौं’ भन्दा पनि हामीलाई पार्टनर मानेन। त्यसबेला के गर्ने भन्नेबारे पछि छलफल गरौंला। तर, सरकार आफ्नै कारणले धेरै समय टिक्ने अवस्था छैन भन्ने उहाँको बुझाइ छ।”

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com