काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले परिआए कांग्रेस सरकारबाट बाहिरिने बताएका छन्।
बिहीबार लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै उनले परिआए कांग्रेस सरकारबाट बाहिरिने बताएका हुन्। उनले कांग्रेसको आफ्नै बाध्यताहरू रहेको पनि बताएका छन्।
उनले भने, ‘आज हामी बाध्यतामा छौँ, एक्लै छैनौँ सरकारमा छौँ। कतिपय हामीले कम्प्रमाइज गरेका छौँ। तर आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौँ। हामीले भन्न सक्नुपर्छ, पर्यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ हामी। सरकारै सबैभन्दा ठूलो कुरा होइन।’
उनले कांग्रेसले शिक्षक आन्दोलन, निजामती कर्मचारीलगायतको आन्दोलनको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने बताए।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया