काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू सरकार परिवर्तनको योजनाका लागि थाइल्यान्ड गएको भन्ने हल्ला अस्वीकार गरेकी छन्।
थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्कँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री राणाले भनिन्, “शेरबहादुरजी कुनै राजनीतिक भेटघाटका लागि जानुभएकै होइन। सरकार परिवर्तन हुने हल्ला त हामीले पनि त्यहीं थाइल्यान्डमै सुनेका हौँ। त्यो त अलिक रमाइलोका लागि बनाइएको समाचारजस्तो लाग्यो।”
उनले थप स्पष्ट पार्दै भनिन्, “सरकार परिवर्तन हुने प्रक्रिया भनेको भित्रैबाट हुन्छ, त्यसका लागि थाइल्यान्ड जानु पर्ने कुरा नै होइन।”
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया