काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका छन्।

प्रेस चौतारी नेपालको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पोखरेलले राज्यलाई बलियो बनाउन जनता अधिकारले सम्पन्न र कर्तव्यप्रति प्रतिबद्ध हुनुपर्ने बताए। ‘राज्यलाई बलियो बनाउन जनता अधिकारले सम्पन्न र कर्तव्यप्रति प्रतिबद्ध हुनुपर्छ। नागरिक राज्यप्रति कर्तव्यनिष्ठ हुनुपर्छ,’ महासचिव पोखरेलले भने।

advertisement

नागरिकले अधिकार मात्रै खोज्ने र कर्तव्य पालना नगर्ने हो भने राज्य कमजोर हुने दाबी गर्दै पोखरेलले कमजोर राज्यले नागरिक अधिकारको संरक्षण गर्न नसक्ने बताए। नागरिक आफू बलियो बन्नलाई राज्य बलियो बनाउन एकजुट हुनुपर्ने पोखरेलको भनाइ छ।

हरेक नागरिकले देशमा केही छैन भनेर निराशा छर्नुभन्दा पनि देशमै गरे सम्भव छ भनेर आशाका किरण फैलाउनुमा पोखरेलमा जोड दिए। नेपाललाई कमजोर बनाउन अचेल नियोजित रूपमा प्रहार हुन थालेकोमा चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले नागरिक र राज्यबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com