काठमाडौं — नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आग्रह गरेका छन् ।

शुक्रबार जारी विज्ञप्तिमार्फत मन्त्री पन्तले शिक्षकहरूसँग विगतमा जस्तै संवाद र छलफलमार्फत समाधान खोज्न सरकार वार्ताका लागि तयार रहेको जनाएका हुन् ।

advertisement

‘शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,’ मन्त्री पन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन्। सोही सन्दर्भमा सर्वोच्च अदालतले पनि शिक्षकहरूको माग सम्बोधन गरी तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com