काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसदमा उठाएको छ । माओवादी नेता वर्षमान पुनले पार्टीका तर्फबाट धारणा राख्दै १० महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकोमा आपत्ति जनाएका हुन् ।
यसले सुशासनको धज्जी उडाएको उनले बताए । ‘सरकार निर्माण भएको १० महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक भएको छैन । कति सम्पत्ति आर्जन गरेपछि सार्वजनिक गर्ने योजना बनाउनु भएको छ, कृपया जानकारी गराइदिनुहोला,’ पुनले भने।
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया