जनकपुरधाम — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको हालैको अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेसले धनुषाको लक्ष्मीनियाँमा उनको पुत्ला दहन गर्दै कडा कारबाहीको माग गरेको छ।

नेपाली कांग्रेस मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा जनकपुर-ढल्केबर सडक अवरुद्ध पारेर लिङ्देनको पुत्ला जलाइएको हो। सांसद झाले संसदमा झुटा र भ्रामक अभिव्यक्ति दिएको भन्दै लिङ्देनमाथि सरकारलाई कडा कारबाही गर्न आग्रह गरे।

advertisement

लिङ्देनले संसदमा भाटभटेनी लुटपाट काण्डमा सत्तारूढ नेपाली कांग्रेसका सह-महामन्त्रीका छोरा समेत संलग्न रहेको तर प्रहरीले छाडेको दाबी गरेका थिए। उनको यही अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले प्रदर्शन र पुत्ला दहन गरेको हो।

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com