काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु काश्मिरस्थित पहलगाम आक्रमणमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार पूर्वराजा शाहले सो घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका उनको संवाद सचिवालय  एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

पूर्वराजा शाहले भनेका छन् : ‘हालै हाम्रो  छिमेकी मित्रराष्ट्र भारतको जम्बु काश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा हामीलाई अत्यन्तै दुःख लागेको छ । यो घटनामा परि ज्यान गुमाएका एक नेपालीसहित सबै दिवङ्गत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली । साथै मृतकजनका सबै शोक सन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना । यसैगरी यो दुःखद घडीमा मित्रराष्ट्र भारत सरकारप्रति हामी गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।

advertisement

पूर्वराजा शाहले यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिध पाप कर्म भएको समेत बताएका छन् । यस्तो घटनाको विश्वव्यापी रूपमा भर्त्सना हुनुपर्ने र सबैबाट निन्दा गरिनुपर्छ भन्ने आफ्नो धारणा रहेको समेत बताएका छन् ।

केही दिनअघि पहलगाममा भएको आतंकवादी आक्रमणमा १ नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com