काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले सरकारमाथि खेलकुद क्षेत्रमा हुकुमी र निरंकुश शैलीमा हस्तक्षेप गरेको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले ओलम्पिक कमिटीसहित आधा दर्जनभन्दा बढी खेलकुद संघहरूमा सरकारले अवैधानिक हस्तक्षेप गरेको बताएका छन्।

advertisement

“ओलम्पिक कमिटीमा अनुचित हस्तक्षेप भइरहेका छन्। ब्याडमिन्टन लगायत थुप्रै खेलकुद संघहरूलाई बिघटन गर्ने प्रयास भइरहेको छ। बोर्ड सदस्यहरूलाई जबरजस्ती बर्खास्त गर्न खोजिएको छ,” उनले आरोप लगाए।

सांसद बस्नेतले सरकारकै कारण दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा परेको पनि उल्लेख गरे।

“प्रधानमन्त्रीले पानी परेकाले खेलकुद आयोजना हुन नसकेको भनेर स्पष्टीकरण दिनुभएको छ, तर त्यो सत्य होइन। झुटको पातलो पर्दा ओढाउने काम भएको छ,” उनले भने।

प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com