काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ।
अधिवक्ता अनन्तराज लुईंटेलसहितको समूहले थापाले अदालतको गरिमाविपरीत अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गर्दै निवेदन पेश गरेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले यसबारे जानकारी दिएका छन्।
प्रवक्ताका अनुसार, उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि आगामी मंगलबार मिति तय गरिएको छ।
केही दिनअघि महामन्त्री थापाले “५२ संवैधानिक पदाधिकारीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ढिलाइ गरिरहेको” भन्ने अभिव्यक्ति दिएका थिए।
मुद्दाको सुनुवाइ चलिरहेकै समयमा यस्तो अभिव्यक्ति दिएर न्याय प्रक्रियामा असर पार्ने प्रयास गरेको आरोप लगाउँदै थापाविरुद्ध अदालतको अवहेलना सम्बन्धी कारबाहीको माग गरिएको हो।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार













प्रतिक्रिया