काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईलाई पदबाट हटाइएको बताएकी छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्– ‘शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई मन्त्रीबाट निकालिएको छ ।’

उनले २७ दिनदेखि देशभरका शिक्षक काठमाडौँको सडकमा रहँदा पनि सरकार चुपचाप देखिएको बताइन् । सरकारले शिक्षकका माग पूरा गर्नुको साटो चरम दमन सुरु गर्नु अनुपयुक्त रहेको उनले बताइन् ।

advertisement

प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com