काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले शिक्षक आन्दोलनमा सरकारले दमन गरेको भन्दै कडा आलोचना गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले शिक्षकका जायज मागहरू सम्बोधन गर्नुको सट्टा सरकारले दमनमा उत्रिएको आरोप लगाए।
“शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेका शिक्षकहरूलाई सरकारले दमन गर्यो,” सांसद शर्माले भने, “पानीको फोहोरा प्रयोग गर्दा दर्जनौँ शिक्षक घाइते भएका छन् र अहिले अस्पतालमा उपचाररत छन्।”
उनले पुराना ऐन र कानुनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा बाधा उत्पन्न गरिरहेको उल्लेख गरे। साथै, सरकारले शिक्षकहरूप्रति धोका गरेको आरोप पनि उनले लगाए।
शर्माले शिक्षकका न्यायपूर्ण मागहरू तत्काल सम्बोधन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराए।
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार












प्रतिक्रिया