काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । विभिन्न पेसागत कर्मचारीहरू आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको उनको आरोप छ। उनले शिक्षक आन्दोलनमा घाइते भएकाहरूको उपचारको प्रबन्ध सरकारले गर्नुपर्ने माग राखे।
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार












प्रतिक्रिया