काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको मुख्य भूमिका नियमन र प्रवर्द्धनमा सीमित रहनुपर्ने बताएका छन्। उनले उद्योग खोल्ने र व्यापार सञ्चालन गर्ने कार्य निजी क्षेत्रको जिम्मेवारी भएको स्पष्ट पारेका छन्।
सोमबार कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले भने, “व्यापार व्यवसाय गर्ने काम व्यापारीको हो, उद्योग खोल्ने काम उद्योगपतिको हो। सरकारले आफैं उद्योग सञ्चालन र व्यापार गर्ने होइन।”
उनले निजी क्षेत्रलाई नै आर्थिक क्रियाकलापको मूल आधार मान्ने नेपाली कांग्रेसको नीति रहेको उल्लेख गरे। सभापति देउवाले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रका चासो र मागहरूलाई सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे।
“मलाई विश्वास छ, आर्थिक वर्ष ०८२/८३ को बजेटले निजी क्षेत्रका उठान भएका मुद्दाहरू सम्बोधन गर्नेछ र समग्र आर्थिक गतिविधि थप सशक्त बनाउनेछ,” देउवाले बताए।
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार












प्रतिक्रिया