काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू आन्दोलनकारी शिक्षकमाझ अपमानित भएर फर्कन बाध्य भएका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलनस्थल पुगेको थियो । शिक्षकमाथि समर्थन व्यक्त गर्दै सम्बोधन गर्ने तयारीमा रहेका उनीहरू त्यतिबेला असहज परिस्थितिमा परे जब आन्दोलनमा सहभागी शिक्षकहरूले नै उनीहरूविरुद्ध चर्को नाराबाजी गरे ।

advertisement

“यहाँ कुनै नेता आउनुपर्ने आवश्यकता छैन, सक्ने हो भने संसदमा बोलेर देखाउ,” भन्दै आक्रोशित शिक्षकहरूले उनीहरूलाई तत्कालै स्थल छोड्न दबाब दिए ।

नेता नेपाल र खनाल लगायतको टोली शिक्षकहरूको विरोधबीच लज्जित हुँदै प्रदर्शन स्थलबाट फर्किएको छ । त्यतिबेला सुरक्षाका लागि प्रहरी टोलीले उनीहरूलाई गाडीसम्म स्कर्टिङ गर्दै सुरक्षितरूपमा पठाएको थियो ।

प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com