वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–५ बहुअर्वास्थित एक इँटाभट्टाको खाडलमा डुबेर दुई बालिकाको ज्यान गएको छ। हीरा इँटाभट्टाको खाडलमा जमेको पानीमा डुबेर उनीहरूकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

ज्यान गुमाउनेमा स्थानीय रुस्तम मियाँकी पाँच वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी पाँच वर्षीया छोरी अफसाना खातुन रहेको प्रहरीले जनाएको छ।

advertisement

प्रहरीका अनुसार दुवै बालिका बिहान घर नजिकै बाख्रा चराउन गएका थिए। खेल्दाखेल्दै खाडलमा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो। तर, उपचारकै क्रममा दुबैको निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यस घटनापछि स्थानीयवासीले बालबालिकाको सुरक्षाको लागि खाडल खुला राख्नु गैरजिम्मेवार भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com