काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकार समस्याको समाधान गर्न असफल रहेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
मंगलबार (वैशाख १६) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडित लगायत विभिन्न समूहहरू आन्दोलनरत रहेको तर सरकार मात्र तमासाबेसी बनेको आरोप लगाए।
“देश अहिले आन्दोलनको चपेटामा छ,” सांसद शाहीले भने, “शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडित सडकमा छन्। कर्मचारीहरू पनि आन्दोलनको तयारीमा छन्। राजावादीहरू अहिलेको व्यवस्थामाथि प्रहार गरिरहेका छन्।”
उनले सरकारले प्रतिपक्षी दलमाथि दोषारोपण गरेर आफ्नै असक्षमता ढाकछोप गर्न खोजिरहेको बताए। “देश अव्यवस्थित छ। सेवाप्रवाह प्रभावकारी रूपमा हुन सकेको छैन। सरकार निष्क्रियजस्तै बनेको छ,” उनले भने, “सरकारले यी समस्याहरू समाधान गर्न सक्नुपर्छ, सक्दैन भने नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्छ। अहिलेको सरकारमा बसिरहने नैतिक आधार नै हराइसकेको छ।”
प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया