काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रप्रति सरकारको व्यवहार अस्वीकार्य रहेको बताएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद झाले मिश्रको विचार आफूभन्दा फरक भए पनि राज्यले उनीप्रति देखाएको रवैया अनुचित र आपत्तिजनक रहेको बताए। उनले मिश्रमाथि सरकारले गरेको व्यवहार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको भन्दै निन्दा गरे।
रवीन्द्र मिश्रलाई गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। सांसद झाले यस्तो कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको टिप्पणी गरे।
यस घटनाले राजनीतिक सहिष्णुता र नागरिक अधिकारप्रतिको राज्यको दृष्टिकोणप्रति गम्भीर चिन्ता उत्पन्न गराएको उनले स्पष्ट पारे।
प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया