काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर तत्काल नियुक्त गर्न माग गरेका छन् । मंगलबार (वैशाख १६) प्रतिनिधिसभा बैठकमा उनले सिफारिस समिति तुरुन्त बनाएर गभर्नर नियुक्त गर्न माग गरेका हुन् ।

“बजेट अधिवेशनका बेला मौद्रिक नीति र वित्तीय नीतिको मूल्यांकन गर्ने बेलामा गभर्नर नियुक्ति भएर अर्थतन्त्रमा परेको असर राम्ररी व्याख्या गर्न नसक्ने अवस्था सिर्जना भयो,” उनले भने, “सरकारले तुरुन्त सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गरोस् ।”

advertisement

राष्ट्र बैंकको गभर्नर पद हाल रिक्त छ ।

प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com