सुर्खेत— नेपालको सम्पदा र कर्णाली प्रदेशको राजधानीमा गहनाको रुपमा चिनिने राउटे जाति दक्षिण एशिएको एक मात्र फिरन्ते जाति हो। कर्णाली प्रदेशको जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । उनको सोमबार राति मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
मुखिया शाहीले अत्यादिक मात्रामा मदिरा सेवन गर्दैं आएका कारण उनको ४९ बर्षको उमेरमा मृत्यु भएको हो । राउटे समुदायमा तिन जना मुखिया हुन्छन । उक्त समुहमा तिन गोत्र छन । तिन गोत्र मध्ये उनी कल्याल गोत्रबाट मुखिया भएका हुन । सुर्यनारायण शाही २०७२ साल जेठ महिनामा मुखिया भएका थिए । राउटे समुदाय अहिले दूई ठाँउमा छुट्टियर बस्दै आएको छ ।
सुर्यनारायणले एउटा समुहको नेतृत्व गर्दै सुर्खेतको बराताल गाँउपालीकाको वडा नम्बर ८ सोतखोलामा बस्र्दै आएका थिए । अर्को समुह भन्ने दुई मुखिया सहित सुर्खेत विरेन्द्रनगर १३ को करेखोलामा बस्दै आएका छन । अहिले राउटे समुदायको संख्या घटेर १३५ जना रहेका छन ।
प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया